माछापुच्छ्रे बैंकले दाङका महिला उद्यमीलाई बिनाधितो ऋण प्रदान गर्ने भएको छ। हेफर इन्टरनेसनलको सहकार्यमा लमही दाङ्गका चारवटा सहकारी संस्थामार्फत बैंकले बिनाधितो कर्जा प्रदान गर्ने छ।
विपन्न परिवारलाई स्वरोजगार बनाउने उद्देश्यले संचालन हुने उक्त कार्यक्रमले कृषक तथा महिलाहरुको जीवनस्तरमा उल्लेख्य सुधार ल्याउने बैंकको विश्वास छ।
बैंकले अधिराज्यभर आफ्ना ६२ शाखाहरु, ४ एक्स्टेन्सन काउन्टर तथा शाखा रहित समेत गरी जम्मा ७३ स्थानबाट बंैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।