ज्योति लाइफ इन्स्योरेन्सले नेपालगन्जमा आफ्नो शाखा संचालनमा ल्याएको छ। यो कम्पनीको १५ औं शाखा हो।
कम्पनीले यसबाट क्षेत्रीय कार्यालयको रुपमा सेवा प्रदान गर्ने जनाएको छ। यस क्षेत्रिय कार्यालय संचालन पश्चात आसपासका विभिन्न जिल्लाका दुर्गम तथा सुगम क्षेत्रका जनमानसमा बीमाको साक्षरता तथा पहुँच अभिवृद्धी हुने कम्पनीको दावी छ।
असोज ८ गतेबाट कम्पनीले औपचारिक रुपमा व्यवसाय सुरु गरेको हो।
अधिकृत पुँजी ३ अर्व, जारी पुँजी २.२० अर्ब मध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम १.५४ अर्ब चुक्ता पुँजी रहेको यस कम्पनीले निकट भविष्यमा ६६ करोडको सर्वसाधारणको लागि शेयर जारी गर्नेछ।
कम्पनीको अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष पशुपति मुरारका हुन्।
हाल ५ वटा जीवन बीमा योजना जारी गरी सेवा प्रदान गरिरहेकोे कम्पनीले आगमी दिनमा नयाँ योजनाहरु ल्याई थप शाखा विस्तार गर्ने जनाएको छ।