लुम्विनी विकास बैंकको शाखा मोरङको हरैचा नगरपालिकामा खुलेको छ।
यो बैंकको छैठौं शाखा हो। उक्त शाखाको नगर प्रमूख शिव प्रसाद ढकालले उदघाटन गरे। सो अवसरमा बैंक सञ्चालक समितिका अध्यक्ष सूशिल राज पराजूलीले बैंकबाट आगामी दिनमा अझ प्रतिस्पर्धात्मक रुपमा आधुनिक सेवा प्रदान गरिने दावी गरे।
केन्द्रीय कार्यालय डिल्लीबजारमा रहेको बैंकका १२ एटिएम काउन्टर छन्। एटिएम, एबिबिएस, एसएमएस तथा मोबाइल बैंकिङ, आस्बा लगायतका सेवाहरु उपलव्ध गराउँदै आएको छ।
बैंकले असोज मसान्तसम्म १८ अर्ब ४५ करोड निक्षेप संकलन गरी १५ अर्ब ९० करोड कर्जा प्रवाह गरेको छ। सो अवधिसम्म बैंकले २ करोड संचालन नाफा आर्जन गर्न सफल भएको छ।