प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल नियूक्त भएको छ।
यसअघि सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १ बराबर १ दशलव ६ अर्थात १६० प्रतिशत हकप्रद शेयर जारी गर्ने कार्यका लागि बिक्री प्रवन्धकको सम्झौता भएको हो।
सम्झौतामा प्राइमको तर्फबाट प्रमूख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र सिद्धार्थका तर्फबाट प्रमूख कार्यकारी अधिकृत ध्रूव तिमिल्सिनाले हस्ताक्षर गरे।
उल्लेखित हकप्रद शेयर जारी गरेपश्चात कम्पनीको चूक्ता पुँजी १ अर्ब ५८ करोड पुग्नेछ।