तीन सातापछि नेप्से परिसूचक हरियो अंकमा बन्द भएको छ।
यसअघि गत कात्तिक ५ गतेयता नेप्से निरन्तर रातो अंकमा बन्द हुँदै आएको थियो। साताको पहिलो दिन आइतबार १६ अंकले बजार बढेको छ। सो अंकको वृद्धिसँगै परिसूचक १४७७ अंकमा कायम भएको छ। बजारको पुँजीकरण १७ खर्ब १४ अर्ब रहेको छ।
नेप्से बढे पनि कारोबारमा सुधार आउन सकेको छैन। आज १५९ कम्पनीको ४० करोड रुपैयाँको कारोबार भयो। यसअघि बिहीबार नेप्से ६ अंकले घट्दा पनि ४६ करोडको कारोबार भएको थियो।
व्यापार बाहेकका समूह यस दिन बढेका छन्। सो समूह ३ अंकले घटेको छ। बैंकिङ १५, होटल ४, विकास बैंक २३, जलविद्युत ३१, फाइनान्स २, बिमा ११८, अन्य ५ तथा माइक्रोफाइनान्स उपसूचक १ अंकले बढे।
बैंक अफ काठमाण्डुको संस्थापकतर्फको सेयर कारोबार उच्च रह्यो। २ करोड ८९ लाखको सो पक्षको कारोबार हुँदा प्रभु बैंक संस्थापकतर्फको २ करोड ८८ लाखको भयो।
स्टान्डर्ड चार्टडको २ करोड ९ लाखको कारोबार भयो। इन्भेष्टमेन्ट, नेपाल बंगलादेश, शिखर इन्स्योरेनस, नविल, चिलिमे र बैंक अफ काठमाण्डुको १–१ करोडभन्दा बढीको कारोबार भयो।
बजार वृद्धिको सबैभन्दा धेरै लाभ सहयोगी विकास बैंकका लगानीकर्ताले लिए। सो कम्पनीको मूल्य ७ प्रतिशतले बढेको छ। बेस्ट फाइनान्स, एनबि इन्स्योरेन्सका लगानीकर्ता पनि नाफाका आधारमा अगाडि रहे। विजय लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ६ प्रतिशत मूल्य चुकाए।
यसैबीच कैलाश विकास बैंकले १० प्रतिशत बोनस तथा ९. ५ प्रतिशत नगद लाभा.श दिने भएको छ। महालक्ष्मी विकास बैंकको संचालक समिति बैठकले कृष्णराज लामिछानेलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ। सिनर्जी पावरको मंसिर १ गते बुक क्लोज हुने भएको छ।