चिलिमे जलविद्युत कम्पनीको प्रतिसेयर आम्दानी खस्किएको छ। चालु आवको पहिलो तीन महिनाको वित्तीय विवरण सार्वजनिक गरेको कम्पनीको प्रतिसेयर आम्दानी ३ रुपैयाँले घटेको हो।
कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ८६ पैसा रहेको छ। जवकि गत वर्ष यस अवधिमा यो आम्दानी ३८ रुपैयाँ ४५ पैसा थियो।
नाफा बढ्दा पनि कम्पनीको प्रतिसेयर आम्दानी घटेको हो।
कम्पनीले यस अवधिमा ३० करोड ९१ लाख नाफा कमाएको छ। गत वर्ष यस अवधिमा यो नाफा ३० करोड १३ लाख थियो। नेपाल विद्युत प्राधिकरणको ५१ प्रतिशत सेयर हिस्सा रहेको कम्पनीमा सर्वसाधारणको ४९ प्रतिशत छ।
कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४४ करोड कायम भएको छ। जगेडा कोषको आकार ५ अर्ब २१ करोडको छ।
कम्पनीले गत वर्षको कमाइबाट लगानीकर्तालाई १० प्रतिशत नगद तथा १५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ। कम्पनीको बजार मूल्य ७७० रुपैयाँको हाराहारीमा छ।