एनआईसी एसिया बैंकले रुकुमको मुसिकोट नगरपालिका बागबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ।
शाखाको रुकुम जिल्ला उद्योग बाणिज्य सघंका अध्यक्ष टेक बहादुर पुनले उद्घाटन गरे। शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो।
बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ।