एनआईबिएल क्यापिटल मार्केट्स र एस क्यापिटलबीच एक आपसमा गाभिने सम्झौता भएको छ। सो सम्झौतामा एनआईबिएलका तर्फबाट सञ्चालक समितिका अध्यक्ष सचिन टिवडेवाल र एसका तर्फबाट अध्यक्ष रविन सिजापतीले हस्ताक्षर गरे।
एसको मूख्य कम्पनी एस डेभलपमेण्ट बैंक लाई नेपाल इन्भेष्टमेन्ट बैंकले गाभिसकेकाले सहायक कम्पनीहरु पनि गाभिने भएका हुन्।
दुवै संस्थाहरु हाल इन्भेष्टमेण्ट बैंकको शत प्रतिशत लगानीका सहायक कम्पनी भइसकेका छन्।
दुई कम्पनी गाभिएपश्चात चुक्ता पुँजी २७ करोड पुग्नेछ।