नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरन्जीवी नेपालले कोरियाकै पहिलो मनी ट्रान्सफर कम्पनी जीएमईको डोङ्गडमुनस्थित शाखाको अवलोकन गरेका छन् । जीएमईका प्रमुख कार्यकारी अधिकृत जोन सुंगले उक्त अवसरमा गर्भनर डा. नेपाललाई स्वागत गरेका थिए।
भ्रमणको क्रममा गर्भनर नेपालले नेपाल पैसा पठाउने प्रक्रियाको बारेमा समेत जानकारी लिएका थिए ।
अवलोकनका क्रममा शाखामा उपस्थित सेवाग्राहीहरूसंग अन्तरक्रिया गर्दै गर्भनर डा. नेपालले वैदेशिक रोजगारीको क्रममा कोरियामा रहेका नेपालीहरुको रेमिटेन्स औपचारिक माध्यमबाट नेपाल पठाउन जीएमईले गरेको प्रयासको उच्चप्रशंसा गर्दै कोरियामा रहेका हरेक नेपालीहरुलाई औपचारिक माध्यमबाट नै रेमिटेन्स पठाउन अनुरोध गरे।
जीएमईको सेवाजीएमईका सबै शाखा सहित अनलाइनबाट समेत लिन सक्ने व्यवस्था मिलाईएको छ । यसरी पठाएको रकम नेपालस्थित ग्लोबल आइएमई बैंकका सबै शाखाहरु लगायत सातहजारभन्दा बढी एजेन्ट आउटलेटबाट छिटो, छरितो र सुरक्षित ढंगले भुक्तानलिन सकिनुका साथै जुनसुकै बैंकको खातामा पनि जम्म ागर्न सकिन्छ ।
जीएमईलाई गत अगष्ट २३ मा कोरियन सरकारले पहिलोपटक रेमिटेन्स सेवाप्रदानगर्ने इजाजत प्रदान गरेको थियो । सोहि इजाजत अनुरुप जीएमईले आफ्नो सेवा सुरु गरिसकेको छ । जीएमईको स्थापनापछि कोरियाबाट औपचारिक माध्यममार्फत रेमिटेन्स भित्र्याउन सहज हुने विश्वास गरिएको छ ।