एनआईसी एशिया बैंकका थप दुई शाखा संचालनमा आएका छन्। कैलालीको जोशीपुर गाउँपालिका तथा जाजरकोटको भेरी नगरपालिकामा दुई शाखाहरु खुलेका हुन्।
जोशीपुर शाखाको गाउँपालिकाका कार्यकारी अधिकृत नारायण बहादुर बिष्ट तथाअध्यक्ष रामकृष्ण चौधरीले संयूक्त रुपमा उद्घाटन गरे। अर्को शाखाको भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तिले उद्घाटन गरे।
शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो। बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने उद्देश्यले थप शाखाहरु पनि संचालन गर्ने जनाएको छ।