नेपाल एसबिआई बैंकले नुवाकोटको बट्टारमा शाखा संचालनमा ल्याएको छ। बैंकको यो ६८ औं शाखा हो। बैंकले सोही शाखामा १०० औँ एटिएम पनि संचालनमा ल्याएको छ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायण प्रसाद पौडेलले शाखा तथा एटिएमको उद्घाटन गरे। केशरमहलमा प्रधान कार्यालय रहेको बैंकको ३ क्षेत्रीय कार्यालय, ७ वटा एक्सटेन्सन काउन्टर, एक इनटच आउटलेट तथा ६८ शाखा संचालनमा छन्।
बैंकका हाल देशभर १०० वटा एटिएम (किओस्क, सिडीएम, सिआरएम तथा मोवाइल एटिएम सहित) छन्।
सो अवसरमा बैंकका प्रबन्ध संचालक अनुकुल भट्नागरले नुवाकोटबासीहरुको सुविधालाई ध्यानमा राखी प्रविधियुक्त अत्याधुनिक बैंकिङ्ग सेवा संचालन गरिएको भन्दै लाभ लिन नुवाकोटबासीलाई आग्रह गरे।
कार्यक्रममा बैंकका डेपुटी सिईओ शुभकान्त कानूनगो, प्रमुख वित्तीय अधिकृत प्रिय रंजन, कम्पनी सचिव रमेश घिमिरे, क्षेत्रीय प्रबन्धक शुसिल कुमार शर्मा लगायत स्थानीय सरकारी तथा गैरसरकारी निकायका प्रतिधिनी, उद्यमी, ब्यापारी, पत्रकार, बुद्धिजिवीको उपस्थिति थियो।