नेपाली उपभोक्ताको मागलाई मध्यनजर गरी जर्मन ब्राण्ड फक्सवागनको लागि नेपालको एक मात्र आधिकारिक वितरक पूजा इन्टरनेसनल नेपाल प्रा. लि. ले वट्रस सेडान र नयाँ टाइगुन गाडीको लञ्च नाइमा अटो शोमा गरेको छ।
यी दुवै गाडीहरूमा यस सेग्मेन्टको सबैभन्दा पावरफुल १.५ लिटरको टर्वो पावर इन्जिन जडान गरिएको छ।
जर्मन प्रविधिबाट निर्मित यी गाडीहरूले अतुलनीय सुरक्षा तथा पावर पर्फमेन्सको अनुभूति ग्राहकलाई गराउनेमा कम्पनी विश्वस्त रहेको छ।
यी दुवै गाडीहरुको अनावरण नाइमा अटो शोमा सम्मानित अतिथिको रूपमा जर्मन दूतावासका महामहिम उदो भोल्जले गरे।
अत्याधुनिक प्रविधिद्वारा सुसज्जित यी दुवै गाडीहरूमा पावरको आवश्यकता अनुसार दुई वा चारै सिलिण्डरद्वारा चल्ने १५०० सि.सी बाट १५० हर्ष पावर उत्पादन गर्न सक्षम फ्युल इफिसेन्ट इन्जिन रहेको छ।
वट्रस जि टी सेडान र टाइगुन एसयुभी विश्वकै उच्च स्तरको सुरक्षा मापदण्ड एन क्यापमा पाँच तारा पाएका मोडल हुन् जसले ड्राइभर र प्यासेन्जर दुवैलाई सुरक्षित अनुभूति गराउँदछ।
फक्सवागन वट्रस सेडान
फक्सवागन वट्रस सेडान भएता पनि हाल नेपालमा उपलब्ध धेरै एसयुभी भन्दा पनि बढी अर्थात १८० मि.मि. को ग्राउण्ड क्लियरेन्सका साथ आउँछ जसले गर्दा खाल्डा खुल्डीहरूमा पनि गाडी छुने डर हुँदैन।
बलियो च्यासिस, पावरफुल इन्जिन तथा उच्च ग्राउण्ड क्लियरेन्सले गर्दा सहर होस् वा ग्रामीण सडक सबै ठाउँमा यो गाडी लान सकिन्छ।
फक्सवागन टाइगुन जि टी एसयुभी
नेपालको बाटोमा सुहाउँदो, १८८ मि.मि. को ग्राउण्ड क्लियरेन्स तथा अत्याधुनिक सेभेन स्पिड गियरबक्सका साथ लञ्च गरिएको यस एसयुभीमा सम्पूर्ण सुरक्षा तथा कम्फर्टका फिचरहरू राखिएको छ।
कार्यक्रममा विशेष अतिथिका रूपमा उत्पादकका तर्फबाट प्रतिनिधित्व गर्ने सेल्जी जोजेफले भने, 'यी दुवै मोडल विशेष गरी भारतका बाटो तथा पेट्रोलको गुणस्तरलाई मध्यनजर गरी बनाएको हुनाले नेपालको बाटोमा पनि उपयुक्त हुने कुरामा विश्वस्त छौं। बिक्री पछिको पार्टस्को मूल्यहरू पनि अन्य भारतीय गाडीहरू बराबर रहेको हुनाले मर्मत संभार खर्च पनि धेरै कम हुने कुरामा विश्वास दिलाउन चाहन्छु।'