बजारमा हरियो धनियाँको मूल्य बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
सोमबार कालीमाटी बजारमा हरियो धनियाँ प्रतिकिलो थोक मूल्य न्यूनतम तीन सयदेखि अधिकतम चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
एक महिनाअघि कालीमाटी बजारमा हरियो धनियाँ प्रतिकिलो ६० देखि ८० रूपैयाँमा बिक्री भइरहेको थियो।
एक साताअघि कालीमाटी बजारमा हरियाे धनियाँ प्रतिकिलाे दुई सय ५० देखि तीन सय रुपैयाँमा काराेबार भएकाे थियाे।
व्यवसायीहरूका अनुसार अहिले हरियो धनियाँको सिजन होइन। अफ सिजन भएकाले मूल्य बढेको हो। अहिले हाेटल तथा रेष्टुरेन्टमा हरियाे धनियाँकाे माग बढी छ।
हाल कालीमाटी बजारमा मकवानपुर, दक्षिणकाली, पालुङ, काठमाडौं, भक्तपुर तथा कुलेखानी लगायतका क्षेत्रबाट हरियो धनियाँ आउने गरेको छ।