बजारमा रायो सागको मूल्य बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
समितिको तथ्यांकअनुसार बिहीबार कालिमाटी बजारमा रायो साग प्रतिकिलो थोक मूल्य ५० देखि ६० रूपैयाँमा कारोबार भएको छ।
यो अघिल्लो दिनको तुलनामा प्रतिकिलो ३० देखि ४० रुपैयाँ सस्तो हो।
बुधबार कालिमाटी बजारमा रायो साग प्रतिकिलो ८० देखि एक सय रूपैयाँ पुगेको थियो।
बुधबार रायो सागमा विषादीको मात्रा अत्यधिक भेटिएको थियो। सोही कारण उपभोगमा कमी आउँदा मूल्य घटेको हो।
बुधबार रायो सागको नमूना परीक्षण गर्दा दोलखाका एक किसानको बारीबाट ल्याएको रायो सागमा विषादीको मात्रा (रोकावट प्रतिशत) ८०.९५ प्रतिशत भेटिएको हो।
जाँच गर्दा रोकावट प्रतिशत ४५ भन्दा माथि आए उक्त वस्तु उपभोग गर्न अयोग्य मानिन्छ।