बजारमा सुकेको प्याजको मूल्य तीन दिनदेखि स्थिर छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
समितिको तथ्यांक हेर्दा मंगलबार कालीमाटी तरकारी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ४० देखि अधिकतम ४२ रूपैयाँमा कारोबार भएको छ।
आइतबार र सोमबार पनि सोही मूल्यमा कारोबार भएको तथ्यांकले देखाउँछ।
एक साताअघि कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ३८ देखि अधिकतम ४० रूपैयाँमा कारोबार भएको थियो।
आपूर्तिको आधारमा मूल्य घटबढ हुन्छ।
अहिले बजारमा भारतीय र नेपाली दुवै प्याज आइरहेको छ।