बजारमा स्याउको मूल्य बढेको छ।
माग अनुसार स्याउको आपूर्ति नभएकाले मूल्य बढेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष मेघनाथ चौलागाईंले जानकारी दिए।
'स्याउको आपूर्ति एकदमै घटेको छ। बाटो राम्रो नभएर चीनबाट स्याउन आउनै सकेको छैन,' उनले भने।
उनका अनुसार अहिले स्याउ चिनियाँ बजारबाट आइरहेको छ। चीनमै स्याउको माग बढेकाले आपूर्तिमा समस्या परेको छ।
अहिले स्याउ बजारमा प्रतिकिलो थोक मूल्य दुई सय ७५ देखि तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। यसअघि स्याउ प्रतिकिलो थोक मूल्य दुई सय ६० देखि तीन सय रूपैयाँसम्म कारोबार भइरहेको थियो।
स्याउको मुख्य सिजन भदौदेखि कात्तिकसम्म हो। त्यसपछि स्टोर गरिएका स्याउ बजारमा आउँछ।
पछिल्लो दिनहर"मा स्याउको आपूर्ति अझै घट्ने छ। अहिले आँप, लिची लगायतका फलफूलको सिजन भएकाले बजारमा स्याउको माग पनि घटेको उनले जानकारी दिए।
'अहिले आँप, लिचीको सिजन हो। अधिकांश ग्राहकले पनि सिजनकै फलफूल रोज्छन्,' उनले भने, 'केही ग्राहकले भने स्याउ खोज्छन्।'