बजारमा कुरिलोको मूल्य स्थिर छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
आइतबार कालीमाटी बजारमा कुरिलो प्रतिकिलो थोक मूल्य न्यूनतम दुई सयदेखि अधिकतम तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
कालीमाटी बजारमा दुई/तीनदेखि कुरिलो सोही मूल्यमा कारोबार भइरहेको समितिको तथ्यांकले देखाएको छ।
कुरिलोको मूल्य गुणस्तरका आधारमा तोकिएको हुन्छ।
कुरिलो एक प्रकारको औषधिजन्य वनस्पति हो। आकारका आधारमा यो सानो र ठूलो गरी दुई प्रकारका हुन्छन्।
विशेषगरी यसको टुसाको सुप बनाएर खाने गरिन्छ।
कुरिलो खानाले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त, दुर्बलता हटाउन तथा महिनावारी गडबडीको समस्या समाधानका लागि उपयोगी हुन्छ।
कुरिलोलाई तरकारी बनाएर तथा सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ।
कुरिलोमा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन तत्व पाइन्छ।