बजारमा आँपको मूल्य घटेको छ।
मागभन्दा बढी आँपको आपूर्ति भएकाले मूल्य घटेको नेपाल फलफूल थोक व्यवसायी संघ, काठमाडौंका उपाध्यक्ष मेघनाथ चौलागाईंले जानकारी दिए।
'बजारमा आँप धेरै आइरहेको छ। उपभोग छैन,' उनले भने।
उनका अनुसार हाल लहानबाट बढी मात्रामा आँप आएको छ। उपभोक्ताले बजारमा मालदह, दसहरी र बमोई गरी तीन प्रकार आँप पाउँछन्।
अहिले बजारमा दसहरी आँप प्रतिकिलो थोक मूल्य न्यूनतम ८० देखि ९० रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, मालदह र बमोइ आँप ५० देखि ६० रूपैयाँ किलोमा बिक्री भइरहेको छ।
दुई साताअघि बजारमा मालदह आँप प्रतिथोक मूल्य न्यूनतम एक सय, दसहरी एक सय पाँचदेखि एक सय दश र बमोई आँप ८० रूपैयाँ किलोमा बिक्री भइहेको थियो।
मेघनाथका अनुसार असार १५ सम्म तराई क्षेत्रका आँप आउँनेछ भने त्यसपछि पहाडी भेगका आँप आउन थाल्नेछ।
ग्राहकले आँप साउन अन्तिमसम्म बजारमा किन्न पाउँछन्।