बजारमा मटरकोशाको मूल्य बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
समितिको तथ्यांक अनुसार शुक्रबार कालीमाटी बजारमा मटरकोशा प्रतिकिलो थोक मूल्य न्यूनतम एक सय २० देखि अधिकतम एक सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।
यो एक साताअघिको तुलनामा ५० रूपैयाँसम्म महँगो हो।
एक साताअघि कालीमाटी बजारमा मटरकोशा प्रतिकिलो थोक मूल्य न्यूनतम ८० देखि अधिकतम ९० रूपैयाँमा कारोबार भएको थियो।
अहिले बजारमा मटरकोशाको सिजन सकिन लागेकाले मूल्य बढ्न थालेको व्यवसायीहरू बताउँछन्।
काठमाडौंमा मटरकोशा तराई तथा पहाडी क्षेत्रबाट आउँछ।