अर्थमन्त्री विष्णु पौडेलले चुरे तथा तराई क्षेत्रको जल चक्र दीगो बनाउन जलाधार क्षेत्रको एकीकृत व्यवस्थापन गरिने बताए।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उनले वृक्षारोपणलाई प्राथमिकता दिइने, प्राकृतिक पुनर्स्थापना र पानीको सञ्चय तथा पुनर्भरण कार्यक्रम सञ्चालन गरिने उल्लेख गरे।
यसका लागि सरकारले एक अर्ब ६९ करोड बजेट बिनियोजन गरेको छ।
त्यस्तै संघ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने विकास आयोजनाका लागि वन क्षेत्र प्रयोग गर्दा जग्गा व्यवस्थापन गर्न र रूख हुर्काउँदा लाग्ने रकमको एक प्रतिशत मात्रै तिर्नुपर्ने व्यवस्था हुने भएको छ।
यसरी वन प्रयोग गर्दा वन विकास कोषमा एक प्रतिशत रकम मात्रै जम्मा गर्नुपर्ने व्यवस्था मिलाइने अर्थमन्त्री पौडेलले बताए।