गत वर्षको तुलनामा चालु आर्थिक वर्ष कृषि क्षेत्रमा रोजगारी सिर्जना घटेको छ।
आर्थिक सर्वेक्षण २०८१/८२ ले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्ष यस्तो संख्या घटेको देखिएको हो।
गत वर्ष संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालय र अन्तर्गतका निकायबाट सञ्चालित कार्यक्रमहरूबाट दुई लाख ३६ हजार चार सय प्रत्यक्ष रोजगारी सिर्जना भएको थियो।
चालु वर्षको फागुनसम्म ५८ हजार सात सय मात्रै रोजगारी सिर्जना भएको हो।