बजारमा कोइरालो पाइन छोडेको छ।
सिजन सकिएसँगै बजारमा कोइरालो आउन छोडेको तरकारी तथा फलफूल व्यवसायी संघ, कालीमाटीका अध्यक्ष गीता प्रसाद आचार्यले जानकारी दिए।
'वैशाख अन्तिमबाटै कालीमाटीमा कोइरालो आउन छोडेको हो,' उनले भने।
कोइरालोको मुख्य सिजन चैत हो। बजारमा फागुन अन्तिमदेखि नै कोइरालो बजारमा आउन सुरू हुन्छ।
कोइरालो विशेषगरी धादिङको धुनेबेशी नगरपालिकाको जीवनपुर, केबलपुर, छत्रेदेउराली लगायत विभिन्न ठाउँबाट आउने गरेको छ।
सिजन सुरू भएपछि कोइरालो एक/डेढ महिनासम्म बजारमा आउँछ। यो छिटै बिग्रिने भएकाले यसलाई मौज्दात गरेर राख्न सकिँदैन।
सुरूआति चरणमा कोइरालो प्रतिथोक मूल्य पाँच सयदेखि पाँच सय ५० रूपैयाँसम्ममा कारोबार भएको थियो।
सिजनमा भने कोइरालो प्रतिकिलो एक सय रूपैयाँसम्म कारोबार भएको थियो।
कोइरालो एक प्रकारको वनस्पति हो। यसको फूलको अचार बनाएर खाने गरिन्छ।