बजारमा सुकेको प्याजको मूल्य घटेको छ।
कालीमाटी फलफूत तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
सोमबार कालीमाटी तरकारी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ३४ देखि अधिकतम ३८ रूपैयाँमा कारोबार भएको छ।
आइतबार बजारमा सुकेको प्याजको प्रतिकिलो थोक न्यूनतम ३५ देखि ३८ रूपैयाँमा कारोबार भएको थियो।
आपूर्तिको आधारमा मूल्य घटबढ हुन्छ।
अहिले बजारमा भारतीय र नेपाली दुवै प्याज आइरहेको छ। मागभन्दा आपूर्ति बढेकाले मूल्य घटेको व्यवसायीहरू बताउँछन्।
व्यवसायीहरूका अनुसार प्याजको मूल्य थोरै मात्रामा मात्र घटबढ हुन्छ।