बजारमा गाजरको मूल्य बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
कालीमाटी बजारको तथ्यांक अनुसार गाजर लोकल र तराई गरी दुई प्रकारको आउँछ।
आइतबार लोकल गाजर प्रतिकिलो थोक मूल्य न्यूनतम ४० देखि अधिकतम ५० रूपैयाँमा बिक्री भइरहेको छ।
यो शुक्रबारको तुलनामा प्रतिकिलो २० रूपैयाँले बढी हो। शनिबारदेखि गाजरको मूल्य बढ्न थालेको देखिन्छ।
शुक्रबार बजारमा लोकल गाजर प्रतिकिलो थोक मूल्य न्यूनतम २० देखि अधिकतम ३० रूपैयाँमा कारोबार भएको थियो।
तराइ गाजरको मूल्य भने स्थिर छ।
बजारमा तराइ गाजर प्रतिकिलो थोक मूल्य न्यूनतम २० देखि अधिकतम ३० रूपैयाँमा कारोबार भएको छ।
बजारमा आपूर्तिका आधारमा मूल्य घटबढ हुन्छ। गाजरको सिजन सकिन लागेकाले मूल्य बढ्न थालेको व्यवसायीहरूले बताएका छन्।