बजारमा स्थानीय काउलीको मूल्य घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
कालीमाटी बजारको तथ्यांक अनुसार शुक्रबार स्थानीय काउली प्रतिकिलो थोक मूल्य न्यूनतम १० देखि अधिकतम २० रूपैयाँमा कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा यो प्रतिकिलो १० देखि २० रूपैयाँले न्यून हो।
बिहीबार स्थानीय काउली प्रतिकिलो थोक मूल्य न्यूनतम २० देखि अधिकतम ४० रूपैयाँले कारोबार भइरहेको थियो।
त्यस्तै, अघिल्लो दिनको तुलनामा आज ब्रोकाउली प्रतिकिलो पाँच रूपैयाँले बढेको छ।
बिहीबार प्रतिकिलो थोक मूल्य न्यूनतम ५५ देखि अधिकतम ६५ रूपैयाँमा कारोबार भइरहेको ब्रोकाउली शुक्रबार प्रतिकिलो थोक मूल्य न्यूनतम ६० देखि अधिकतम ७० रूपैयाँमा कारोबार भइरहेको छ।
अहिले बजारमा मागभन्दा बढी काउलीको आपूर्ति भएकाले मूल्य घटेको व्यवसायीहरू बताउँछन्।
केही समयअघि काउलीमा विषादीको मात्रा देखिएकाले पनि उपभोगमा कमी आएको हो।