बजारमा कुरिलोको मूल्य घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
कालीमाटी बजारमा बिहीबार कुरिलो प्रतिकिलो थोक मूल्य न्यूनतम तीन सयदेखि अधिकतम ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यो अघिल्लो दिनको तुलनामा प्रतिकिलो एक सय रूपैयाँले न्यून हो।
बुधबार कुरिलो प्रतिकिलो थोक मूल्य न्यूनतम चार सयदेखि अधिकतम सात सय रूपैयाँमा कारोबार भइरहेको थियो।
कुरिलो एक प्रकारको औषधिजन्य वनस्पति हो। आकारका आधारमा यो सानो र ठूलो गरी दुई प्रकारका हुन्छन्।
विशेषगरी यसको टुसाको सुप बनाएर खाने गरिन्छ। कुरिलो खानाले शरीरलाई शक्ति दिनुका साथै रक्तपित्त, दुर्बलता हटाउन तथा महिनावारी गडबडीको समस्या समाधानका लागि उपयोगी हुन्छ।
कुरिलोलाई तरकारी बनाएर तथा सुप बनाएर खानाले शरीर दुखेको निको हुन्छ।
कुरिलोमा प्रशस्त मात्रामा भिटामिन, प्रोटिन तत्व पाइन्छ।