बजारमा स्थानीय काउलीको मूल्य घटेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
कालीमाटी बजारको तथ्यांक अनुसार बुधबार स्थानीय काउली प्रतिकिलो थोक मूल्य न्यूनतम २० देखि अधिकतम ३० रूपैयाँमा कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा यो प्रतिकिलो पाँचदेखि १० रूपैयाँले घटेको छ।
मंगलबार स्थानीय काउली प्रतिकिलो थोक मूल्य न्यूनतम २५ देखि अधिकतम ४० रूपैयाँले कारोबार भइरहेको थियो।
त्यस्तै, ब्रोकाउलीको मूल्य पनि घटेको छ।
मंगलबार प्रतिकिलो थोक मूल्य न्यूनतम ६० देखि अधिकतम ९० रूपैयाँमा कारोबार भइरहेको ब्रोकाउली बुधबार प्रतिकिलो थोक मूल्य न्यूनतम ६० देखि अधिकत ७० रूपैयाँमा कारोबार भइरहेको छ।
अहिले बजारमा मागभन्दा बढी काउलीको आपूर्ति भएकाले मूल्य घटेको व्यवसायीहरू बताउँछन्।