बजारमा स्थानीय काउलीको मूल्य घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको छ।
कालीमाटी बजारमा मंगलबार स्थानीय काउली प्रतिकिलो थोक मूल्य न्यूनतम २५ देखि अधिकतम ४० रूपैयाँसम्म घटेको छ।
यो अघिल्लो दिनको तुलनामा दश रूपैयाँले सस्तो हो।
सोमबार कालीमाटी बजारमा स्थानीय काउली प्रतिकिलो थोक मूल्य न्यूनतम ३५ देखि अधिकतम ५० रूपैयाँमा कारोबार भएको थियो।
आइतबार कालीमाटी बजारमा स्थानीय काउली प्रतिकिलो थोक मूल्य न्यूनतम ५० देखि अधिकतम ६० रूपैयाँ किलोमा बिक्री भइरहेको भइरहेको थियो।
बजारमा ब्रोकाउली भने प्रतिकिलो थोक मूल्य न्यूनतम ६० देखि अधिकतम ९० रूपैयाँमा कारोबार भइरहेको छ।
अहिले बजारमा मागभन्दा बढी काउलीको आपूर्ति भएकाले मूल्य घटेकोे व्यवसायीहरू बताउँछन्।