बजारमा गोलभेँडाको मूल्य बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार सानो गोलभेँडाको मूल्य बढेको हो।
बजारमा गोलभेँडा ठूलो भारतीय, भारतीय सानो, लोकल सानो र तराइ सानो गरी चार प्रकारको आउँछ।
ती मध्ये ठूलो गोलभेँडा होटल तथा रेष्टुरेन्टमा सलादमा प्रयोग हुन्छ भने साना गोलभेँडा दैनिक रूपमा खानामा प्रयोग हुन्छ।
मंगलबार भारतीय ठूलो गोलभेँडा प्रतिथोक मूल्य ६० देखि ७०, भारतीय सानो र स्थानीय लोकल सानो गोलभेँडा ६५ देखि ८५ र तराइ सानो गोलभेँडा ५० देखि ६५ रूपैयाँमा कारोबार भइरहेको छ।
एक साताअघिको तथ्यांक हेर्दा बजारमा सानो लोकल र तराई गोलभेँडाको मूल्य बढेको छ। त्यस्तै, भारतीय ठूलो गोलभेँडाको भाउ भने स्थिर छ।
एक साताअघि कालीमाटी बजारमा भारतीय सानो गोलभेँडा ३५ देखि ४०, लोकल सानो गोलभेँडा ३५ देखि ४४ र तराइ सानो गोलभेँडा ३५ देखि ५० रूपैयाँमा कारोबार भइरहेको थियो।
गोलभेँडाको आपूर्ति घटेकाले भाउ बढेको व्यवसायीहरूले बताएका छन्।