बजारमा डल्ले च्याउको मूल्य घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
बजारमा च्याउ कन्य, डल्ले, राजा र सिताके गरी चार प्रकारको आउँछ।
ती मध्ये डल्ले च्याउको मूल्य घटेको छ।
बुधबार प्रतिकिलो थोक मूल्य तीन सयदेखि तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको डल्ले च्याउ बिहीबार दुई सय ८० देखि तीन सय २० रूपैयाँमा झरेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २० देखि ३० रूपैयाँ घटेको हो।
कन्य, राजा र सिताके च्याउको मूल्य भने स्थिर देखिन्छ।
बजारमा कन्य च्याउ प्रतिथोक मूल्य एक सय ५० देखि एक सय ७० रूपैयाँ, राजा च्याउ प्रतिथोक मूल्य दुई सय ८० देखि तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
त्यस्तै, सिताके च्याउ प्रतिथोक मूल्य सात सयदेखि ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।
व्यवसायीहरूका अनुसार आपूर्तिका आधारमा च्याउको मूल्य घटबढ हुन्छ।
बजार च्याउको परिमाण धेरै आउँदा मूल्य घट्छ भने थोरै आउँदा मूल्य बढ्छ।