बजारमा गोलभेँडाको मूल्य बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार सानो गोलभेँडाको मूल्य बढेको हो।
बजारमा गोलभेँडा ठूलो भारतीय, लोकल सानो र तराइ सानो गरी तीन प्रकारको आउँछ।
ती मध्ये ठूलो गोलभेँडा होटल तथा रेष्टुरेन्टमा सलादमा प्रयोग हुन्छ भने साना गोलभेँडा दैनिक रूपमा खानामा प्रयोग हुन्छ।
मंगलबार भारतीय ठूलो गोलभेँडा प्रतिथोक मूल्य ६० देखि ७०, भारतीय सानो गोलभेँडा ३५ देखि ४०, लोकल सानो गोलभेँडा ३५ देखि ४४ र तराइ सानो गोलभेँडा ३५ देखि ५० रूपैयाँमा कारोबार भएको छ।
यो अघिल्लो दिनको तुलनामा प्रतिकिलो पाँचदेखि दश रूपैयाँले बढी हो।
सोमबार भारतीय ठूलो गोलभेँडा प्रतिथोक मूल्य ६० देखि ७०, लोकल सानो गोलभेँडा २५ देखि ३० र तराइ सानो गोलभेँडा ४० देखि ४५ रूपैयाँमा कारोबार भइरहेको थियो।
एक साताअघि कालीमाटी बजारमा भारतीय ठूलो गोलभेँडा प्रतिथोक मूल्य ५०, लोकल सानो गोलभेँडा २० र तराइ सानो गोलभेँडा ३० रूपैयाँमा कारोबार भइरहेको थियो।
गोलभेँडाको मूल्य माग र आपूर्तिका आधारमा घटबढ हुन्छ।
बजारमा बढी मात्रामा गोलभेँडा आएको छ भने मूल्य कम हुन्छ। त्यस्तै, थोरै मात्रमा आएको छ भने मूल्य बढ्छ।