बजारमा कोइरालोको मूल्य घटेको छ।
कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
कालीमाटी बजारमा आइतबार कोइरालो प्रतिथोक मूल्य एक सय ८० देखि दुई सय ३० रूपैयाँ छ।
तीन/चार दिनअघिको तुलनामा यो ५० रूपैयाँ कम हो।
तीन/चार दिनअघि कालीमाटी बजारमा कोइरालो प्रतिथोक मूल्य दुई सयदेखि दुई सय ५० रूपैयाँसम्म कारोबार भइरहेको थियो।
आपूर्तिका आधारमा कोइरालोको मूल्य घटबढ हुन्छ।
कोइरालोको मुख्य सिजन चैत हो। कोइरालो विशेषगरी धादिङको धुनेबेशी नगरपालिकाको जीवनपुर, केबलपुर, छत्रेदेउराली लगायत विभिन्न ठाउँबाट आउने गरेको छ।
कोइरालो ओइलाउने र बिग्रिहाल्ने भएकाले धेरै समय राख्न सकिँदैन।
कोइरालो एक प्रकारको वनस्पति हो। यसको फूलको अचार बनाएर खाने गरिन्छ।