बजारमा च्याउको मूल्य बढेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
समितिको तथ्यांक हेर्दा शनिबारदेखि च्याउको मूल्य बढ्न थालेको देखिन्छ।
बजारमा च्याउ कन्य, डल्ले, राजा र सिताके गरी चार प्रकारको आउँछ।
ती मध्ये कन्य र डल्ले च्याउको मूल्य बढेको छ।
शुक्रबार प्रतिकिलो थोक मूल्य एक सय ७० देखि दुई सय रूपैयाँमा कारोबार भइरहको कन्य च्याउ शनिबार बढेर दुई सयदेखि दुई सय २० रूपैयाँ पुगेको छ।
त्यस्तै, शुक्रबार प्रतिकिला थोक मूल्य दुई सय ७० देखि तीन सय रूपैयाँमा कारोबार भइरहेको डल्ले च्याउ शनिबार तीन सय ५० रूपैयाँ पुगेको छ।
आइतबार पनि शनिबारकै मूल्य कायम छ।
राजा र सिताके च्याउको मूल्य भने स्थिर देखिन्छ।
बजारमा राजा च्याउ प्रतिथोक मूल्य दुई सय ८० देखि तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै, सिताके च्याउ प्रतिथोक मूल्य सात सयदेखि ८ सय रूपैयाँमा कारोबार भइरहेको छ।
व्यवसायीहरूका अनुसार आपूर्तिका आधारमा च्याउको मूल्य घटबढ हुन्छ।
बजार च्याउको परिमाण धेरै आउँदा मूल्य घट्छ भने थोरै आउँदा मूल्य बढ्छ।