बजारमा आलुको मूल्य घटेको छ।
कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
बजारमा नेपाली र भारतीय रातो आलु आइरहेको छ। नेपाली आलुको तुलनामा भारतीय आलु थोरै सस्तो छ।
बुधबार कालीमाटी बजारमा नेपाली रातो आलु प्रतिकिलो थोक मूल्य २८ देखि ३३ रूपैयाँ छ। त्यस्तै, भारतीय रातो आलु ३२ देखि ३५ रूपैयाँ छ।
एक साताको तुलनामा आलु दुईदेखि पाँच रूपैयाँले सस्तो भएको छ।
एक साताअघि कालीमाटी बजारमा नेपाली रातो आलु ३० देखि ३५ रूपैयाँमा कारोबार भइरहेको थियो भने भारतीय आलु ३५ देखि ४० रूपैयाँमा कारोबार भइरहेको थियो।
आपूर्तिका आधारमा आलुको मूल्य घटबढ हुन्छ। पछिल्लो समय भारतीय आलु भित्रिएका कारण पनि आलुको मूल्य घटेको देखिन्छ।
कालीमाटीको तथ्यांक हेर्ने हो भने एक महिनाअघि बजारमा नेपाली आलु मात्रै आएको थियो।
अन्य तरकारी जस्तो आलुको मूल्य धेरै घटबढ हुँदैन। यो प्रतिकिलो दुई÷तीन रूपैयाँले घट्ने तथा बढ्ने हुन्छ।