कालीमाटी बजारमा तराई गाजर प्रतिकिलो थोक मूल्य दश रूपैयाँमा कारोबार भएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
बजारमा गाजर तराई र लोकल गरी दुई प्रकारको आउँछ।
लोकल गाजर प्रतिकिलो थोक मूल्य २० देखि ३५ रूपैयाँ छ भने तराई गाजर १० देखि २० रूपैयाँमा बिक्री भइरहेको छ।
एक साताअघि लोकल गाजर प्रतिथोक मूल्य ३० देखि ४० रूपैयाँ र तराई गाजर २० देखि ३० रूपैयाँमा बिक्री भइरहेको थियो।
आपूर्तिका आधारमा गाजरको मूल्य घटबढ हुने गरेको छ।
अहिले गाजरको मुख्य सिजन भएकाले मूल्य घटेको व्यवसायीहरू बताउँछन्।
गाजर स्वाथ्यका लागि लाभदायक मानिन्छ।
यसमा भिटामिन ए, बी, सी, डी, इ र के पाइन्छ।
काँचो गाजर खानाले महिनावारीमा हुने दुखाई पनि कम गर्छ। यसको सेवनले रतन्धो हुनबाट बचाउँछ।