बजारमा कोइरालोको मूल्य घटेको छ।
कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
कालीमाटी बजारमा सोमबार कोइरालो प्रतिथोक मूल्य दुई सय ५० देखि तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार कोइरालो प्रतिकिलो थोक मूल्य तीन सयदेखि तीन सय ५० रूपैयाँमा कारोबार भइरहेको थियो।
चैत कोइरालोको मुख्य सिजन हो। कोइरालो विशेषगरी धादिङको धुनेबेशी नगरपालिकाको जीवनपुर, केबलपुर, छत्रेदेउराली लगायत विभिन्न ठाउँबाट आउने गरेको छ।
सिजन सकिन थालेसँगै कोइरालोको मूल्य बढेको हो। थोक मूल्य बढेसँगै कोइरालोको खुद्रा मूल्य पनि बढेको छ। कोइरालो ओइलाउने र बिग्रिहाल्ने भएकाले धेरै समय राख्न सकिँदैन।
कोइरालो एक प्रकारको वनस्पति हो। यसको फूलको अचार बनाएर खाने गरिन्छ।