बजारमा निगुरो मूल्य स्थिर छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।
दुई/तीन दिनदेखि कालीमाटी बजारमा निगुरो प्रतिथोक मूल्य ७० देखि ८० रूपैयाँमा कारोबार भइरहेको छ।
नेपाल फलफूल तथा तरकारी व्यवसायी संघ, काठमाडौंका पूर्व अध्यक्ष खोम प्रसाद घिमिरेको अनुसार बजारमा निगुरो आउन थालेको एक महिना जति हुन थाल्यो।
आपूर्तिका आधारमा निगुरोको मूल्य घटबढ भइरहन्छ।
उनका अनुसार हाल कालीमाटी बजारमा निगुरो पूर्वी जिल्ला धरान, धनकुटा लगायतका क्षेत्रबाट आइहरेको छ।
निगुरो किलोको हिसाबमा मात्रै नभएर मुठाको हिसाबमा पनि बिक्री हुन्छ।
निगुरोको मुख्य सिजन वैशाख–जेठ हो। त्यो समयमा भने मूल्य घट्दै जानेछ।