कालीमाटी तरकारी बजारमा शनिबार मटरकोशाको भाउ किलोमै ३० रूपैयाँ घटेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार मटरकोशाको भाउ प्रतिकिलो १२० देखि १३० रूपैयाँ प्रतिकिलो छ।
शुक्रबार यसको भाउ १५० देखि १६० रूपैयाँ प्रतिकिलो थियो।
त्यस्तै तितो करेला किलोमै ३० रूपैयाँ महँगिएको छ।
शुक्रबार प्रतिकिलो ७० देखि ८० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको तितो करेलाको भाउ शनिबार १०० देखि १२० रूपैयाँ पुगेको छ।
तने बोडी आज किलोमा २० रूपैयाँ सस्तिएर किलोको १२० देखि १३० रूपैयाँ तोकिएको छ।
घिरौला १० रूपैयाँ महँगिएर किलोको ७० देखि ८० रूपैयाँ तोकिएको छ।
सानो लोकल गोलभेडाको मूल्य किलोमा १५ रूपैयाँ बढेको छ। आज यसको भाउ ६५ देखि ८० रूपैइँ प्रतिकिलो छ। ठूलो गोलभेडाको भाउ स्थिर रही ९० देखि १०० रूपैयाँ प्रतिकिलो तोकिएको छ।
त्यस्तै प्याजको भाउ पनि आज स्थिर छ। यसको मुल्य किलोको १२० देखि १२५ रूपैयाँ छ।
यस्तो छ आज तरकारीको भाउः