कालिमाटी फलफूल तथा तरकारी बजारमा शुक्रबार गोलभेडाको भाउ घटेको छ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार गोलभेडाको भाउ प्रतिकिलो १० रूपैयाँ घटेको हो।
शुक्रबार भारतीय ठूलो गोलभेडाको भाउ ८० देखि ९० रूपैयाँ प्रतिकिलो तोकिएको छ। बिहीबार यसको भाउ ९० देखि १०० रूपैयाँ प्रतिकिलो थियो।
सानो लोकल गोलभेडाको भाउ किलोमै २० रूपैयाँ घटेको छ। बिहीबार ५५ देखि ६५ रूपैयाँ प्रतिकिलोमा कारोबार भएको सानो लोकल गोलभेडाको भाउ शुक्रबार ३५ देखि ४५ रूपैयाँ तोकिएको छ।
त्यस्तै टनेलको गोलभेडा किलोमै ३५ रूपैयाँ सस्तिएर प्रतिकिलो मूल्य ५५ देखि ७५ रूपैयाँ तोकिएको छ। बिहीबार यसको भाउ ८० देखि १०० रूपैयाँ प्रतिकिलो थियो।
बिहीबार ४५ देखि ५५ रूपैयाँ प्रतिकिलोमा कारोबार भएको भारतीय सानो गोलभेडाको मूल्य शुक्रबार ४४ देखि ४४ रूपैयाँ प्रतिकिलो तोकिएको छ।
रातो आलु केही महँगिएको छ। रातो आलुको आजको भाउ ८० देखि ८५ रूपैयाँ प्रतिकिलो छ। बिहीबार यसको भाउ ७५ देखि ८० रूपैयाँ थियो।
भारतीय रातो आलुको भाउ ६२ देखि ६५ रूपैयाँ प्रतिकिलो छ। बिहीबार यसको भाउ ६० देखि ६२ रूपैयाँ प्रतिकिलो थियो।
शुक्रबार काउलीको भाउ स्थिर रही ६० देखि ७० रूपैयाँ प्रतिकिलो छ। बन्दाको भाउ पनि आज स्थिर रही ५० देखि ६० रूपैयाँ प्रतिकिलो छ।
भन्टाको भाउ १० रूपैयाँ घटेर ३० देखि ४० रूपैयाँ प्रतिकिलो तोकिएको छ।
तने बोडीको भाउ ३० रूपैयाँ महँगिएर आज १४० देखि १५० रूपैयाँ प्रतिकिलो तोकिएको छ।
मटरकोशाको भाउ किलोमै ६० रूपैयाँ सस्तिएको छ। बिहीबार १४० देखि १५० रूपैयाँ प्रतिकिलोमा कारोबार भएको मटरकोशाको भाउ शुक्रबार ८० देखि १०० रूपैयाँ तोकिएको छ।
घिउसिमीको भाउ १५ रूपैयाँ सस्तिएर ४० देखि ५० रूपैयाँ प्रतिकिलो तोकिएको छ।
यस्तो छ अरू तरकारीको भाउः