दसैं सकिएलगत्तै किसानहरूलाई धान भित्र्याउने चटारो छ।
काठमाडौं बाहिरका जिल्लाहरूमा दसैं अघिदेखि नै धान भित्र्याउन थालिएको थियो।
काठमाडौं र आसपासका पहाडी जिल्लाहरूमा दसैं सकिएलगत्तै धान भित्र्याउने चटारोले छोपेको छ।
काठमाडौंको फर्पिङ र ललितपुरको बुङ्मति र खोकना लगायतका क्षेत्रका फाँटहरूमा किसानहरू बिहानैदेखि धान काट्न र चुट्न व्यस्त देखिन्छन्।
दसैं सकिएलगत्तै तिहार नजिकिँदै छ। अगाडि नै धान भित्र्याएर तिहार मनाउने योजनाका साथ किसानहरू फाँटमा खटिएका छन्।
पाकेका धानले पहेँलपुर फाँटहरूका दृश्य पनि मनमोहक देखिएको छ।
असोज दोस्रो साता लगातार परेको पानीले ठाउँ ठाउँमा धान ढलेको पनि देखिन्छ। ढलेका धानहरू बाँधेर उठाइएको छ।
एउटै फाँटमा पाकेर पहेँलै भएको धान काट्न सुरू गरिएको छ भने केही ठाउँमा पाक्न बाँकी छ।
तस्विरहरु :
-1729137758.jpg)
-1729137762.jpg)
-1729137761.jpg)
-1729137761.jpg)
-1729137761.jpg)
-1729137760.jpg)
-1729137760.jpg)
-1729137760.jpg)
-1729137760.jpg)
-1729137759.jpg)
-1729137759.jpg)
-1729137759.jpg)
-1729137758.jpg)
-1729137758.jpg)
-1729137758.jpg)
-1729137757.jpg)
-1729137757.jpg)
-1729137756.jpg)
-1729137756.jpg)
-1729137759.jpg)