पछिल्लो समय बजारमा आँपको मूल्य बढ्न थालेको छ। सिजन सकिन लागेसँगै आँपको मूल्य बढ्न थालेको हो।
कालीमाटी बजारमा मालदह, दशहरी, चोसा लगायतका आँप आउँछन्।
बजारमा एक सातादेखि आँपको मूल्य बढ्न थालेको कालीमाटी बजारका आँप व्यवसायी भरत खनालले जानकारी दिए।
'अहिले बजारमा आँप निख्रिन थालिसक्यो,' उनले भने, 'अब दिनहुँजसो बढ्दै जान्छ।'
उनका अनुसार आजभोलि कालीमाटी बजारमा आँपको मूल्य प्रतिक्रेट ३५ सयदेखि ३८ सय रूपैयाँ छ। एक साताअघि आँपको मूल्य प्रतिक्रेट २२ सयदेखि २४ सय रूपैयाँ थियो।
'अब १५ दिन जतिमा आँप सकिन्छ होला,' उनले भने।
कालीमाटी बजारमा स्थानीय र भारतीय आँप आउँछन्। अहिले स्थानीय आँप सकिसकेको छ भने भारतीय आँप आइरहेको छ।