सरकारले ठूला दुग्ध उत्पादकहरूलाई केन्द्रित गर्दै कच्चा पदार्थमा ठूलो मात्रामा भन्सार महसुल छुट दिएको छ।
यी उद्योगले आयात गर्ने गरेको 'मिल्क क्यान'मा भन्सार महसुल उल्लेखनीय घटाइएको हो।
मिल्क क्यानको आयातमा अहिले १५ प्रतिशत महसुल लगाइएकोमा घटाएर १ प्रतिशतमा झारिएको छ। यस्तो छुटको लाभ ठूला उद्योग तथा उत्पादकहरूले पाउने भएका छन्।
'दैनिक एक हजार लिटरभन्दा बढी दूध उत्पादन गर्ने पशुपालन फर्म तथा उद्योगले पैठारी गर्ने स्टिल मिल्क क्यानमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुल घटाई एक प्रतिशत मात्र कायम गरिएको छ,' अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको बजेटमा भनिएको छ।
व्यवसायको क्षमता विस्तारका लागि पुँजी वृद्धि गरेको अवस्थामा नियन्त्रणमा परिवर्तनका कारण लाग्ने करमा सहुलियत दिने पनि बजेटमा उल्लेख गरिएको छ। यसबाट खासगरी स्टार्ट-अप र भेन्चर क्यापिटल र, प्राइभेट इक्विटी फन्ड लाभान्वित हुने अर्थमन्त्री पुनले बताए।