कालीमाटी फलफूल तथा तरकारी बजारमा आज सागको भाउ ह्वात्तै घटेको छ।
कालीमाटी तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज केही सागको भाउ किलोमा २५ देखि १० रूपैयाँसम्म घटेको छ।
हिजो किलोको ६० देखि ७० रूपैयाँमा कारोबार भएको पालुगो, चमसुर, मेथी र सौफको सागको भाउ आज ३५ देखि ४५ रूपैयाँ तोकिएको छ। यी सागका भाउ किलोमै २५ रूपैयाँ घटेको छ।
तोरीको सागको भाउ किलोको ३० देखि ४० रूपैयाँ रहेर स्थिर छ भने रायो र जिरीको साग किलोमा १० रूपैयाँ घटेको छ।
आज रायोको सागको भाउ ३० देखि ४० रूपैयाँ र जिरीको साग ६० देखि ७० रूपैयाँ प्रतिकिलो तोकिएको छ।
आज गोलभेँडा, आलू, प्याज, गाजर, बन्दा, काउली, मूला, फर्सी लगायतका तरकारीको भाउ घटबढ भएको छैन।
भारतीय ठूलो गोलभेँडा नेपाली ठूलो गोलभेँडा भन्दा १० रूपैयाँले महँगो छ। नेपाली ठूलो गोलभेँडाको भाउ आजपनि ५० देखि ६० रूपैयाँ प्रतिकिलो तोकिएको छ
त्यस्तै रातो आलुको भाउ ३२ देखि ३६ रूपैयाँ प्रतिकिलो छ। भारतीय रातो आलुको भाउ किलोमा २ रूपैयाँ बढेको छ।
सुकेको प्याजको भाउ आजपनि ७५ देखि ८० रूपैयाँ प्रतिकिलो छ। मटरकोशाको भाउ आज किलोमा १० रूपैयाँ बढेर ११० देखि १२० रूपैयाँ पुगेको छ।
आज लाम्चो भन्टा, लौका, टाटे सिमी, भिण्डी, पिँडालु किलोमा १० रूपैयाँ घटेको छ भने तिते करेला २० रूपैयाँले घटेको छ।
यस्तो आज तरकारीको भाउः