कालीमाटी तरकारी बजारमा प्याजको भाउ बढेको छ।
बुधबारको तुलनामा आज किलोमा ५ रुपैयाँले प्याजको भाउ बढेको हो। नेपालमा प्याज भारतबाट आयात हुन्छ। यसको आजको भाउ ७५ देखि ८० रूपैयाँ प्रतिकिलो छ।
गोलभेँडा, आलु, गाजर, बन्दा, काउली लगायतका तरकारीको भाउ आज घटबढ भएको छैन।
भारतीय ठूलो गोलभेँडा नेपाली ठूलो गोलभेँडाभन्दा किलोमा १० रूपैयाँ महँगो छ। नेपाली ठूलो गोलभेँडाको भाउ ५० देखि ६० रूपैयाँ प्रतिकिलो छ।
त्यस्तै आज बन्दाको भाउ ३० देखि ४० रूपैयाँ र काउलीको भाउ २५ देखि ३५ रूपैयाँ प्रतिकिलो छ।
मूलाको भाउ भने बढ्न थालेको छ। आज रातो मूला ३० देखि ३५ रूपैयाँ प्रतिकिलो, सेतोमूला २५ देखि ३० रूपैयाँ र हाइब्रिड मूला २५ देखि ३० रूपैयाँ प्रतिकिलो छ।
यस्तो छ आज तरकारीको भाउः