कृषि सामग्री कम्पनी लिमिटेडको प्रबन्ध सञ्चालकमा विष्णु पोखरेल नियुक्त भएका छन्।
लामो समयदेखि रिक्त रहेको कम्पनीको प्रबन्ध निर्देशक पदमा खुला प्रतिष्पर्धाबाट कामु प्रबन्ध सञ्चालकको जिम्मेवारी सम्हालिरहेका पोखरेल नियुक्त भएका हुन्।
कृषि मन्त्रालय अन्तर्गतको उक्त संस्थाको प्रबन्ध सञ्चालन सिफारिसका लागि तीन सदस्यीय समिति गठन भएको थियो।
समितिमा ९ जनाले आवेदन दिएकोमा पोखरेल छनोट भएका हुन्।
पोखरेल उक्त कम्पनीमा शाखा अधिकृतको पदमा २०५२ साल जेष्ठ २१ मा प्रवेश गरेका थिए।
उनले कम्पनीको जिल्लास्थित विभिन्न शाखा एवम् क्षेत्रीय कार्यालयहरू र कम्पनीको मुख्य कार्यालयस्थित योजना तथा जनशक्ति व्यवस्थापन महाशाखा, खरिद महाशाखा लगायत थुप्रै शाखामा लामो समय जिम्मेवारीमा सम्हाल्दै आएका छन्।
२०७९ चैत्र ३ देखि उनी कामु प्रबन्ध सञ्चालकको जिम्मेवारी पाएका थिए।
आफू कामु प्रबन्ध भएका बखत उनले विगत लामो समयदेखि रासायनिक मलमा देखिने आपुर्तिको समस्या र अभावलाई चिर्दै सहज आपुर्ति गर्दै कृषि उपजको उत्पादन वृद्धिमा महत्वपुर्ण योगदान गरेको बताए।