नेपालमा गोलभेँडा, प्याज, लसुन, आलु, मेवा लगायत विभिन्न तरकारी तथा फलफूहरू भारत र चीनबाट आयात हुन्छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दैनिक ती फलफूल तथा तरकारीहरूको मूल्य निर्धारण गर्छ।
नेपालकै फलफूल तथा तरकारीहरूको बजारभाउ दैनिक सामान्य घटबढ भइरहन्छन्। आयातित तरकारी तथा फलफूलको भाउ पनि सामान्य घटबढ भइरहन्छन्।
कुनै दिन आयातित भन्दा स्वदेशी फलफूल तथा तरकारी महँगो हुन्छ भने कुनैदिन स्वदेशी भन्दा आयातित तरकारी तथा फलफूल महँगो हुन्छ।
आज भारतीय र नेपाली ठूलो गोलभेँडाको भाउ समान छन्।
हिजो नेपालीभन्दा भारतीय ठूलो गोलभेँडा किलोमा १० रूपैयाँ महँगो थियो। नेपाली ठूलो गोभेँडाको भाउ ४० देखि ५० रूपैयाँ र भारतीय ठूलो गोलभेँडाको भाउ ५० देखि ६० रूपैयाँ प्रतिकिलो थियो।
आज नेपाली गोलभेँडाको भाउ स्थिर र भारतीय गोलभेँडाको भाउ १० रूपैयाँले घट्दा दुवैको मूल्य समान ५० देखि ६० रूपैयाँ प्रतिकिलो कायम भएको हो।
भारतीय रातो आलु नेपाली रातो आलुभन्दा किलोमा ६ रूपैयाँ सस्तो छ। नेपाली रातो आलुको भाउ ३६ देखि ४० रूपैयाँ प्रतिकिलो छ भने भारतीय रातो आलुको भाउ ३० देखि ३२ रूपैयाँ प्रतिकिलो तोकिएको छ।
नेपालमा अहिले सुकेको प्याज भने बजारमा छैन। भारत र चीनबाट आयात हुन्छन्। आज भारतीय भन्दा चिनियाँ प्याज १८ रूपैयाँ सस्तो छ।
भारतीय प्याजको भाउ प्रतिकिलो ७८ देखि ८२ रूपैयाँ छ भने चिनियाँ प्याज प्रतिकिलो ६० देखि ६५ रूपैयाँ छ।
नेपाली मेवा भारतीयभन्दा १० रूपैयाँ सस्तो छ। नेपाली मेवाको भाउ ६० देखि ७० रूपैयाँ र भारतीय मेवाको भाउ ७० देखि ८० रूपैयाँ छ।
त्यस्तो चिनियाँ लसुनभन्दा नेपाली लसुन किलोमा २० रूपैयाँ महँगो छ। चिनियाँ लसुनको भाउ २४० देखि २६० रूपैयाँ प्रतिकिलो तोकिँदा नेपाली लसुनको भाउ २६० देखि २८० रूपैयाँ प्रतिकिलो छ।
आज अन्य तरकारी तथा फलफूलको भाउ सामान्य घटबढ र केही तरकारीको भाउ स्थिर छ।
हेर्नुस् आजको मूल्यसूचीः