कालीमाटी फलफूल तथा तरकारी बजारमा आज नेपालीभन्दा चिनियाँ लसुन १० रूपैयाँ सस्तो छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्य सूचीअनुसार आज नेपाली सुकेको लसुनको भाउ २६० देखि २७० रूपैयाँ प्रतिकिलो छ।
चिनियाँ लसुनको भाउ २५० देखि २६० रूपैयाँ तोकिएको छ। हरियो लसुन भने ८० देखि ९० रूपैयाँ प्रतिकिलो छ।
त्यस्तै आज नेपालीभन्दा भारतीय ठूलो गोलभेँडा १० रूपैयाँ महँगो छ।
नेपाली ठूलो गोलभेँडा ४० देखि ५० रूपैयाँ प्रतिकिलो भाउ कायम रहँदा भारतीय ठूलो गोलभेँडाको भाउ ५० देखि ६० रूपैयाँ प्रतिकिलो छ।
त्यस्तै चिनियाँभन्दा भारतीय सुकेको प्याज किलोमा २० रूपैयाँ महँगो छ।
चिनियाँ प्याजको भाउका भाउ ६० देखि ६५ रूपैयाँ कायम रहँदा भारतीय सुकेको प्याजको भाउ ८० देखि ८५ रूपैयाँ तोकिएको छ।
हरियो प्याजका भाउ ९० देखि १०० रूपैयाँ प्रतिकिलो छ।
त्यस्तै नेपालीभन्दा भारतीय रातो आलु आज किलोमा ४ रूपैयाँ सस्तो छ।
नेपाली रातो आलुका भाउ ३३ देखि ३५ रूपैयाँ तोकिँदा भारतीय रातो आलुको भाउ २९ देखि ३१ रूपैयाँ छ।
आज लोकल काउलीको भाउ ३० देखि ४० रूपैयाँ, लोकल बन्दा २५ देखि ३० रूपैयाँ, मटरकोशा ६० देखि ७० रूपैयाँ प्रतिकिलो छ।
अन्य तरकारीको भाउ यस्तो छः