कालिमाटीमा शुक्रबार स्थानीय सानो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो १२ रुपैयाँ र अधिकतम २० रुपैयाँ छ।
नेपाली ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो ५० र अधिकतम ६० रुपैयाँ छ।
भारतीय गोलभेँडा भने किलोमा ६० रुपैयाँ महँगो छ। भारतीय गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो ६० र अधिकतम ७० रुपैयाँ छ।
टनेलको सानो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो १२ रुपैयाँ र अधिकतम ३५ रुपैयाँ छ।
भारतीय सानो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो ३० र अधिकतम मूल्य ३५ रुपैयाँ छ।
तराईको सानो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकिलो २० र अधिकतम ३० रुपैयाँ छ।
रातो आलुको न्यूनतम मूल्य प्रतिकिलो ३५ र अधिकतम ३८ रुपैयाँ छ। रातो आलु भारतीय किलोमा छ रुपैयाँदेखि ६ रुपैयाँसम्म सस्तो छ।
भारतीय रातो आलुको न्यूनतम मूल्य प्रतिकिला ३० रुपैयाँदेखि ३२ रुपैयाँसम्म छ।
सेतो आलुको न्यूनतम मूल्य प्रतिकिलो २६ रुपैयाँ र अधिकतम २८ रुपैयाँ छ।
चिनियाँ प्याज भित्रिएपछि भारतीय प्याजको मूल्य ओह्रारो लागिरहेको छ। आज भारतीय सुकेको प्याजको न्यूनतम मूल्य प्रतिकिलो ८५ र अधिकतम ९५ रुपैयाँ छ। चिनियाँ प्याजको न्यूनतम मूल्य प्रतिकिलो ८० र अधिकतम ८५ रुपैयाँ छ। स्थानीय काउलीको न्यूनतम मूल्य प्रतिकिलो ३० र अधिकतम ३५ रुपैयाँ छ। ज्यापु काउलीको न्यूनतम मूल्य प्रतिकिलो ४० र अधिकतम ५० रुपैयाँ छ।