प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुग्ध किसानको बाँकी बक्यौता आगामी चैतभित्रै भुक्तानी हुने बताएका छन्।
लामो समयदेखि किसानले बेचेको दूधको पैसा नपाएको अवस्थामा प्रधानमन्त्रीले मंगलबार राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो प्रतिक्रिया दिएका छन्।
राष्ट्रिय दुग्ध विकास संस्थाले यस्तो भुक्तानी दिनको लागि सरकारसँग ऋण मागिरहेको छ। निजी क्षेत्रका डेरी उद्योगीले पनि मागमा कमी आएको भन्दै किसानलाई भुक्तानी गरेका छैनन्।
प्रधानमन्त्री प्रचण्डले कृषि क्षेत्रमा लगानी बढाउने सरकारको प्राथमिकता रहेको बताए। कृषि उत्पादनमा आधारमा अनुदान दिने व्यवस्था गरिने उनले बताए।