कालीमाटी फलफूल तथा तरकारी बजारमा आज मुला सबैभन्दा सस्तो छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि निर्धारण गरेको मूल्यसूची अनुसार रातो मूलाको भाउ १५ देखि २० रूपैयाँ प्रतिकिलो छ।
हाइब्रिड र लोकल सेतो मूलाको भाउ समान १० देखि १५ रूपैयाँ प्रतिकिलो छ।
आज सबैभन्दा महँगो तरकारी कुरीलो छ। कुरीलोको भाउ प्रतिकिलो १ हजार ३ सयदेखि १ हजार ४ सय रूपैयाँ तोकिएको छ।
त्यस्तै भारतीय प्याजको मूल्य एक किलोको १०५ रूपैयाँदेखि ११५ रूपैयाँ छ।चाइनिज प्याज भने किलोको ९० देखि १०० रूपैयाँ तोकिएको छ।
हरियो प्याज एक किलोको ८० देखि ९० रूपैयाँ तोकिएको छ।
त्यस्तै रातो आलुको भाउ प्रतिकिलो ३४ देखि ३६ रूपैयाँ, भारतीय रातो आलु ३२ देखि ३५ रूपैयाँ र सेतो आलु २८ देखि ३० रूपैयाँ छ।
समितिले आज रायोको सागको भाउ ३० देखि ४० रूपैयाँ, पालूगो साग ११० देखि १२० रूपैयाँ, चमसुरको साग ११० देखि १२० रूपैयाँ, तोरीको साग ४० देखि ५० रूपैयाँ, मेथीको साग ११० देखि १२० रूपैयाँ, जिरीको साग ९० देखि १०० रूपैयाँ र सौफको साग ११० देखि १२० रूपैयाँ तोकेको छ।
यस्तो छ आज तरकारीको भाउ